Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ल्याण्डफिल साइटका दलका प्रतिनिधिहरुले फोहोर बोकेर गएका गाडी पुनः रोके


    सोमबार, साउन ३० २०७९
    630
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई बीच बाटोमै रोकेका  छन् । हिजो आइतवार फोहोर बोकेर बन्चरेडाँडा  गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका छन् । आज गएका गाडी भने स्थानीय राजनीतिक दल नेता तथा कार्यकर्ताको अबरोधका कारण कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् ।

    हिजो   सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले समेत  उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ । राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार