काठमाडौँ । रुपन्देहीमा अज्ञात समूहले एक युवकलाई गोली प्रहार गरेको छ । ओमसतिया गाउँपालिका, ४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर विकास गुरुङ गम्भिर घाइते भएका छन् ।
प्रहरीका अनुसार राति सिद्धार्थनगर नगरपालिका, १ वेलहिया बस्ने ३१ वर्षीय गुरुङ घाइते भएका हुन् । रोहिणी गाँउपालिका, १ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब १२ बजे राति लुटपाट गरी भाग्दै गरेका उनीहरुले वसन्तपुरमा जम्काभेट भएका गुरुङलाई गोली प्रहार गरेका थिए ।
लुटेराहरूले उक्त कटेजबाट २ तोला सुन र २५ हजार नगद लुटेको हुन सक्ने प्रहरीले बताएको छ । घाइते गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।