Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा


    सोमबार, साउन ३० २०७९
    970
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक पुनः बस्ने भएको छ ।  बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । 

    यसअघि बैठक बिहीबार बसेको थियो । उक्त बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत,स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी भएको थियो ।

    गठबन्धनका दलहरूबीच आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी थालिएको बताइन्छ । यस्तै, आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिईसकेको छ  । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार