Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसले आजदेखि जनप्रतिनिधिलाई प्रशिक्षण दिने 


    सोमबार, साउन ३० २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले देशभरका निर्वाचित जनप्रतिनिधिलाई आज बिहान ११ बजेदेखि भोलीसम्म ललिपुरमा प्रशिक्षण दिन लागेको हो । 

    नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने अभिमुखीकरण कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताइएको छ ।  उक्त कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख/उपप्रमुखको सहभागिता हुने काँग्रेसले बताएको छ । 

    प्रशिक्षण स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही र आगामी मंसिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिमा केन्द्रित हुने काँग्रेसका एक नेताले बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार