काठमाडौँ । प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका,६ बहानेमा आज जीप दुर्घटना हुँदा तीनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नौबहिनी,५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापा हुन् ।
चेतना र उनकी दिदी करुणाको अस्पताल लिने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । प्रहरीका अनुसार चालक थापाको जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
दुर्घटनामा परी नौँ जना घाइते भएका छन् । तीमध्ये दुई जानको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । उनीहरु नौँ जनाको उपचार भईरहेको छ । बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना भएको हो ।