Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज 


    आइतबार, साउन २९ २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ ।

    ‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले राजधानीसँग भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’

    पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्पमा छलफल भएको ती अधिकारी बताउँछन् ।

    पछिल्लो एक महिनाको अवधिमा कोरोना संक्रमणबाट मृत्यु भएमध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । एक महिनाको तथ्यांक हेर्दा मृत्यु भएकामध्ये १५ जनाले कोरोना खोप नलगाएको भेटिएको छ ।

    खोप नलगाएकोमा गम्भीर संक्रमण देखिएकोसमेत पाइएको छ । यी सबै विषय दृष्टिगत गर्दै मन्त्रालयले खोपलाई प्राथमिकतामा राखेको हो । राजधानी दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार