Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण वीरगञ्जमा एकै दिन दुई जनाको मृत्यु


    आइतबार, साउन १८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगञ्ज । बयोधा अस्पतालमा उपचाररत  दुई जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ । यससँगै वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । मृतकहरु पर्सा,बारा,रौतहट र भारतबाट आएका हुन ।

    वीरगञ्ज–१६ नगवा बस्ने ६० बर्षीया महिलाको हिजो  शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसैगरि  सोही अस्पतालमा मृत्यु भएकी वीरगञ्ज–१६ नगवाकी ५० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    साउन १४ गते अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १० बजे उनको मृत्यु भएको थियो । शुक्रबार राति आएको उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । सुगर रोगी ती महिलामा निमोनिया र हाइपर टेन्सन रहेको अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार