काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाउनु भएको छ ।
स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हर्ब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भईरहेको अध्यक्ष ओलीको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । मेडिकल एजुकेशन हब बनाउनुपर्ने हो । उपचार अस्पतालको हर्व बनाउनुपर्ने हो–यो देशलाई । यहाँको हावापानी र भूगोल नै ती चीजहरुलाई दिन्छ । यी आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्दै हामी अघि बढनु पर्दछ । कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ । यस क्षेत्रमा संलग्ने हुने जनशक्ति घटाउनुपर्दछ । जसले यसको उत्पादन लागत घटाउँछ । अन्नवालीको पनि नश्ल सुधार गरांैं । उत्पादन र उत्पादकत्व बढाऔं । र, देशलाई पहिलो कुरा त आत्मनिर्भर बनाऔं ।’
अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend