Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु


    शनिबार, साउन १७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । कोरोना भाइरस संक्रमणबाट शनिबार वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण डढेलोसरी फैलिएको बीरगंजमा १० दिनमा दसै जनाको मृत्यु भइसकेको छ ।
    आज मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला हुने् । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    साउन १४ गते अस्पताल भर्ना भएकी ती महिलाको शुक्रबार पीसीआर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट नआउँदै बिहान १० बजे उनको मृत्यु भएको थियो । शुक्रबार राति आएको उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । सुगर रोगी ती महिलामा निमोनिया र हाइपर टेन्सन रहेको अस्पतालले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार