Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्र प्रहरीद्धारा मालवाहक ट्रकबाट १४३ केजी गाँजा बरामद


    बुधबार, साउन २५ २०७९
    785
    Shares
  • १ मिनेट पाठ
  • वीरगन्ज । भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो ।

    वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकमा रोकी राखिएको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकको खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद प्रहरीले जनाएको छ ।
    ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
    कारवाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार