काठमाडौं । नेकपा(एमाले)निकट राष्ट्रिय युवा संघ, नेपालले मातहतका कमिटीहरूलाई महाधिवेशन आयोजक कमिटीका निर्णयहरू कार्यान्वयन गर्न विशेष सर्कुलरु जारी गरेको छ ।
मंगलबार जारी गरेको सर्कुलरमा नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको साउन १४–१५ गते काठमाडौंमा सम्पन्न बैठकले विभिन्न ११ निर्णय गरेको थियो ।
सर्कुलरअनुसार, प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याइएको छ भने ४ सय ९१ सदस्यीय केन्द्रीय कमिटीमा नेताहरूको कार्यविभाजन पनि गरिएको छ ।
कार्यविभाजनम श्रम तथा रोजगार विभागको केन्द्रीय प्रमुखमा प्रतीक श्रेष्ठ र उपप्रमुख पदको जिम्मेवारी मिलन कट्टेलले पाएका छन् । झापाका मिलन कट्टेल ब्यवसायी हुन् । श्रम तथा रोजगार विभागको उपप्रमुखमा जिम्मेवारी पाएका कट्टेलले युवाहरुलाई बढीभन्दा बढी रोजगार बनाउने खालका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।