Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन २५ गते बुधवारको सुन चाँदीको बजार भाउ


    बुधबार, साउन २५ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । निरन्तर उतारचढाव जारी रहेको  सुनको मूल्यमा  आज पनि बृद्धि भएको छ । आज साउन २५ गते, बुधबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको  छ । आज  चाँदीको मूल्यमा भने गिरावट देखिएको छ ।
    नेपाली बजारमा आज   छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको पनि मूल्य वृद्धि हुँदा प्रतितोला ९६ हजार ६०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो पनि  सुन महंगिएको थियो । हिजो सुन तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ पुगेको थियो ।

    आज बुधबार चाँदीको भाउ भने सस्तिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २३० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

     हिजो चाँदी तोलामै ३५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २४० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार