Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धौलागिरी लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने


    मंगलबार, साउन २४ २०७९
    590
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१०५ प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

    लघुवित्तले ०.५ प्रतिशत आर्थत ५ हजार १५५ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ९ हजार २९५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार