Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्चरे डाँडा फोहोर लिएर गएका गाडीमा तोडफोड


    मंगलबार, साउन २४ २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाबाट फोहोर लिएर बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा  गएका गाडीहरू हिजो सोमबार राति तोडफोड गरिएको छ ।

    सोमबार राति धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर तोडफोड भएका छन् ।
    काठमाडौं महानगरपालिकाका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो ।
    नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

    सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । काठमाडौं महानगरपालिकाले धादिङ प्रशासनसँग मङ्गलवारदेखि ल्यान्डफिल साइट क्षेत्र बन्चरेडाँडामा सुरक्षाको माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार