काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले योगेशभक्त वादे श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्ति गरेको छ ।
आईएमई जनरल इन्स्योरेन्स संचालक समितिको गएको ७ गतेको १२० औं बैठकको निर्णय बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा बादे श्रेष्ठलाई साउन २३ गतेदेखि लागु हुनेगरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वादे २७ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागिपरेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।
कार्यकारी अधिकृत श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।