Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रहरीले गठन गर्यो केन्द्रीय निर्वाचन सेल, एआईजी थापाले नेतृत्व गर्ने


    सोमबार, साउन २३ २०७९
    305
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ ।

    २०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

    मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ ।

    प्रहरी हेडक्वार्टरले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सात प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको छ ।

    केन्द्रीय निर्वाचन सेललाई चुनाव केन्द्रित योजना बनाउने र केन्द्रीय योजना कार्यान्वयन गर्ने अधिकार हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार