काठमाडौं । निरन्तर उतारचढाव जारी रहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० रहेकोमा आइतबार पनि रु ९६ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० रहेकामा आइतबार पनि प्रतितोला रु ९५ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २०५ मा कारोबार भएको थियो ।
सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।