फाइल फोटो
काठमाडौं । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित रातोपहरोमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । सो ठाउमा अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
पानी परिरहेकाले तत्कालै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कठिन भएको प्रहरी निरिक्षक टीकाराम राईले बताए ।
यसैबीच,
बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची पैराबारीका घरहरु जोखिममा परेका छन् । वर्षा भएसगै पैराबारीका स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्न थालेका छन् ।