Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी बर्षाको सम्भावना


    आइतबार, साउन २२ २०७९
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अहिले देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । जसको प्रभावले देशका विभिन्न भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ। 
    आज बिहान भने देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
    सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । साथै नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार