काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० आईको ब्याटिङ वरीयतामा सुधार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रले १ स्थान सुधार गरेका हुन्।
दीपेन्द्र नयाँ वरीयताको ४३औं स्थानमा उक्लिएका छन्। यसअघि उनी ४४औं स्थानमा रहेका थिए।
यता, ब्याटिङतर्फ नै नेपालका कुशल भुर्तेल ४०औं स्थानमा यथावत् रहेका छन्।
आसिफ शेख एक स्थान तल झर्दै ९७औं स्थानमा पुगेका छन्। उनी यसअघि ९६औं स्थानमा रहेका थिए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१औं स्थानमा यथावत् रहेका छन्। बलिङमै अभिनाश बोहरा ९२औं स्थानमा यथावत् रहेका छन्।
ओडीआईको अलराउन्डरतर्फ दीपेन्द्र नवौं स्थानमा यथावत् रहेका छन्। बलिङतर्फ सन्दीप ३४औं स्थानमा यथावत् रहेका छन्।
बलिङतर्फ नै तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको वरीयता १/१ स्थान खस्किएको छ। सोमपाल यसअघि ९१औं स्थानमा थिए। यता, करण ९३औं स्थानमा थिए।
ब्याटिङतर्फ् रोहितकुमार पौडेल ८०औं स्थानमा यथावत् छन्। यता, आसिफ शेख एक स्थान तल झर्दै ९७औं स्थानमा पुगेका छन्। उनी यसअघि ९६औं स्थानमा थिए।