Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आतंकवादी भएको आशंकामा मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ


    बुधबार, साउन १८ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंबाट मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको छ ।

    नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए ।

    श्रीमान्-श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।

    विमानको ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको हो ।

    प्रवक्ता खड्काका अनुसार जहाज उड्न कम्तीमा २ घण्टा लाग्नेछ । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने उनले बताइन् ।

    काठमाडौंबाट आज १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार