Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्युसन पढ्ने छात्रालाई होटलमा लगि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


    मंगलबार, साउन १७ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको सिनामंगलमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत छन् ।

    सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार