Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य सामग्री खरिद प्रकरणः साढे २ अर्बमा के के किनिए चौरसियाज्यू ?


    शुक्रबार, साउन १३ २०७९
    515
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । औषधि र उपकरण खरिदमा भएको अनियमितता र दुई वटा कम्पनीलाई मात्र ठेक्का दिइएको समाचार गलत भन्दै आपूर्ति ब्यवस्था शाखाका डा. सुरेन्द्र चौरसियाले खण्डन गरेका छन् । चौरसियाले ४१ वटा कम्पनीबाट औषधि र उपकरण खरिद गरिएको उल्लेख गरेका छन् ।

    कम्पनीको नाम उल्लेख गरिए पनि ती कम्पनी कुन कुन विशाल पण्डित र पोष्टराज ज्ञवालीका हुन् भन्ने खुलाउन सकेका छैनन् । कुन कुन कम्पनीले के के उपकरण आपूर्तिको ठेक्का पाए भन्ने विवरण समेत सार्वजनिक गरिएको छैन । औषधि कस कसले आपूर्ति गर्न ठेक्का पाएका छन् ? त्यसको समेत विवरण निकालिएको छैन । 

    आपूर्ति शाखाले कुन सामान कति रुपैयाँमा खरिद गरिएको हो त्यसको विवरण सार्वजनिक गरिएको छैन । 
    औषधि र उपकरण खरिदमा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले चासो राखी पत्र काटेपछि ४१ वटा कम्पनीको विवरण सार्वजनिक गर्न पुगेका चौरसियाले कुन कुन कम्पनीले कुन कुन उपकरण र औषधिको ठेक्का पाए, बजेट समेत उल्लेख नगरी खाली कम्पनीको नाम राखी विज्ञप्ति निकालेर उम्किन खोजेका छन् ।

    २ अर्ब ४५ करोडकै औषधि र उपकरण खरिद गरिएको हो भने त्यो  रकमले के के किनिएको हो, कुन कुन कम्पनीले के कति ठेक्का पाए त्यो किन लुकाए चौरसियाले भन्ने प्रश्न उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार