Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक लगानी कोषले तोक्यो बुकक्लोज मिति, साधारण सभा भदौमा


    बिहिबार, साउन १२ २०७९
    1.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नागरिक लगानी कोषले भदौ ६ गते साधारण सभा डाकेको छ।  कोषले साधारण सभा प्रयोजनार्थ बुकक्लोज मिति पनि  तोकेको छ। कम्पनीले २७ औँ वार्षिक साधारण सभा प्रयोजनार्थ साउन २५ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

    आज साउन १२ गते बसेको नागरिक लगानी कोषको सञ्चालक समितिको बैठकले सो साउन २५ गतेका दिन  बुकक्लोज गर्ने निर्णय गरेको हो।  साउन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    नागरिक लगानी कोषले हाल कायम रहेको चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार