Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेखर कोइराला भन्छन् -लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ


    बुधबार, साउन ११ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नु पर्ने बताएका छन् ।  गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने डा कोइरालाले बताएका हुन् ।

    नेपाल प्रेस युनियन पर्साद्वारा आज (बुधवार) वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भने ।

    उनले भने “सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ । ”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार