Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरको रोकिएको फोहोर ढुवानी सेवा भोलिदेखि सुचारु हुने


    बुधबार, साउन ११ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १२ गतेदेखि  फोहोर संकलन गर्ने भएको छ ।

    सिसडोल  सडक मर्मत तथा संभारको गर्दा फोहोर ढुवानी गर्ने  सवारी साधन आवतजावतका कारण सडक मर्मत तथा संभारको काममा कठिनाइ भएपछि महानगरले यही साउन ४ गतेदेखि फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो ।

    ‘१२ गते विहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ,’ सूचनामा  भनिएको छ ।

    यसअघि फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।

    महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध दोहो¥याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार