Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना भाइरस : रुसमा एकको निधन, १४७ जना संक्रमित


    बिहिबार, चैत्र ६ २०७६
    725
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी, ६ चैत  ।  कोरोना भाइरसको संक्रमणबाट एक रसिएन नागरिकको निधन भएको  छ । रुसमा कोरोनाका कारण मर्ने उनी पहिलो व्यक्ति हुन् । 

    रुसी अधिकारीहरुका अनुसार ७९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनी निमोनिया लगायतका अन्य स्वास्थ्य समस्याबाट समेत ग्रसित थिइन् ।

    पाँच दिन अघि उनी अस्पतालमा भर्ना भएको बताइएको छ । रुसको राष्ट्रिय कोरोनाभाइरस रेस्पोन्स सेन्टरले जनाएअनुसार सुरुमा ती महिला एउटा निजी क्लिनिकमा पुगेकी थिइन् । त्यहाँबाट विशेष सुविधा भएको अस्पतालमा उनको कोरोना संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएपछि उनी चिकित्सककै निगरानीमा थिइन् ।

    रुसमा हाल कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुसले विदेशी नागरिकको आगमनमा रोक लगाएको छ भने सार्वजनिक स्थलमा भेला तथा समारोह गर्न पनि प्रतिबन्ध लगाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार