Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकैदिन थपिए ६ सय ३८ जना कोरोना संक्रमित, दुईको मृत्यु


    मंगलबार, साउन १० २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

    दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोृना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

    योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार