Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री देउवाको बिरोध गर्दा पक्राउ परेका तिन युवा रिहा


    मंगलबार, साउन १० २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमवार पधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नलागेका एक सार्वजनिक कार्यक्रममा उनको बिरोध गरि पक्राउ परेका तिनजना आज रिहा भएका छन् ।

    भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा केही युवाले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारासहित प्लेकार्ड देखाउँदै नाराबाजी गरेका थिए ।

    बिरोध पश्चात पक्राउ परेका अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्कालाई आज बिहान प्रहरीले छाडेको हो । 

    मालिगाउँ प्रहरी वृत्तमा राखिएका उनीहरूलाई सचेत गराएर छाडिएको प्रहरी स्रोतले बताएको छ ।

    रिहा भएका तीनैजनाले आफूलाई स्वतन्त्र नागरिक भएको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार