Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले लगायो प्लाष्टिकका फुल तथा झोलामा प्रतिबन्ध


    मंगलबार, साउन १० २०७९
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट प्लाष्टिकको फुल तथा झोला प्रयोग, उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

    सोमबार वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै प्लाष्टिकका फूल तथा झोला बिक्री वितरणमा रोक लगाएका हुन् ।

    प्लाष्टिकजन्य फूल तथा झोलाका कारण वातावरणमा नकारात्मक असर परेकोले त्यसको प्रयोगमा प्रतिबन्ध लगाइएको मन्त्री यादवले बताएका छन् ।

    प्लाष्टिककै बस्तुका कारण फोहोर व्यवस्थापनमा समेत समस्या भएकोले प्राकृतिक फूल उत्पादन तथा बिक्रीलाई प्राथमिकतामा राख्दै प्लाष्टिकमाथी प्रतिबन्ध लगाइएको यादवले बताए ।

    मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बताएको छ ।

    वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार