Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • याम्पा–आँबुखैरेनी सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अबरुद्ध


    मंगलबार, साउन १० २०७९
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमौली । सोमबार रातिदेखि परेको अबिरल बर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

    बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । 

    सडकमाथिबाट खसेको पहिरोले गर्दा उक्त सडक दुई तर्फी रूपमा अवरुद्ध भएको छ । प्रशासनको सक्रियतामा स्काभेटर प्रयोग गरी अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

    पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने कार्यमा प्रहरी लागिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार