Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • काठमाडौंको कल सेन्टरमा छापा अपडेट : १४ महिलासहित ४१ जना पक्राउ


    सोमबार, साउन ९ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ ।

    चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केही मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । 

    कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार स्काई वर्ल्डमा छापा मारेको थियो । कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ । 

    पक्राउ पर्नेमा कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया जानकी शाह र कैलाली घर भई सितापाईला बस्ने वर्ष १८ की सबिना दाहाल छन् । त्यस्तै, भारत घर भई जडिबुटी बस्ने २४ वर्षीया एलिना गुरुङ र कञ्चनपुर घर भएकी १७ वर्षीया प्रिया विष्टसहित ४१ जना छन् ।​

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार