Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘न्युड’ तस्बिर खिचेर बलात्कार गर्न खोज्ने २ युवा पक्राउ


    सोमबार, साउन ९ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युवतीको नग्न तस्बिर खिचेर ब्लाकमेल गर्दै बलात्कारको प्रयास गरेको आरोपमा एक नाबालिक सहित २ जना पक्राउ परेका छन् ।

    ती युवतीको व्यक्तिगत तस्बिर सार्वजनिक गरिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा रुपन्देहीको सालझण्डीबाट प्रहरीले दुबैलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र एकजना १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

    युवतीको नग्न तस्बिर खिचेर सोही फोटो भाइरल बनाइदिने धम्की दिँदै जबरजस्ती गर्न खोजेको पीडित युवतीको उजुरीको आधारमा आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । 

    किशोरले नक्कली फेसबुक आईडी बनाई विगत २ सातादेखि म्यासेज पठाई निजी तस्बिर सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

    शनिबार साँझ भेट्न बोलाई उनले युवतीलाई जबरजस्ती गर्ने प्रयास गरेका थिए । ती किशोरको साथबाट युवतीको तस्बिर भएको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

    उनीहरूविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार