Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भन्सार विभागको तथ्याङ्क : एक वर्षमा ३ खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात


    सोमबार, साउन ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ ।

    भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८–७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । 

    तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार