Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले घर पुर्दा अछाममा एकै परिवारका तीन जनाको मृत्यु


    सोमबार, साउन ९ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्विर

    काठमाडौं ।  पहिरोले घर पुरिंदा अछाममा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    अछामको तुर्माखाँद गाउँपालिका  २ भुलुमा गएराति १ बजेतिर आएको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनको  परिवारका जना  ३ सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् ।

     मृतकहरुको  परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार