Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ


    आइतबार, साउन ८ २०७९
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ प्रहरीले गरिएको प्रहरीले जनाएको हो ।

    नक्कली नोट सहित पक्राउ परेका पासवानलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार