Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • भक्तपुरको सल्लाघारी दुर्घटना अपडेट : ३ को मृत्यु, १२ जना गम्भीर घाइते


    आइतबार, साउन ८ २०७९
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा.६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् । अरु दुई जनाको परिचय खुलेको छैन । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेको च्यापेको थियो । दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार