Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिनेश गुणवर्धना भए श्रीलंकाका नयाँ प्रधानमन्त्री


    शुक्रबार, साउन ६ २०७९
    955
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। बिगत २ दशकदेखी सत्तामा पकड जमाएका राजापाक्षे परिवारको राजनितिक अन्त्य भएसंगै आज श्रीलंकामा दिनेश गुणवर्धनालाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । 

    नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले दिनेशलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामापश्चात राजपाक्षे परिवारकै निकट व्यक्तिलाई नै प्रधानमन्त्री नियुक्त गर्न लागिएको भन्दै चर्को आलोचना भइरहेको बेला गुणवद्र्धनालाई प्रधानमन्त्री नियुक्त गरिएको हो । उनि राजापक्षे निकटकै भएकामे जनाएको छ ।

    ७३ वर्षीय गुणवर्धना श्रीलंकाका एक प्रतिष्ठित राजनीतिक परिवारका सदस्य हुन, उनि रनिल विक्रमासिंघेका सहपाठी समेत हुन् ।

    चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्लो केही महिनादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेको अवस्था छ भने सोही कारण पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा समेत दिएका थिए ।

    यसअघिनै पूर्वराष्ट्रपति गोटाबायाका भाई तथा प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजिनामा दिईसकेका छन् । दुबै दाजुभाई अहिदे देश छोडेर गएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार