Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतको १५ औं राष्ट्रपतिमा आदिवासी महिला द्रौपदी मुर्मू निर्वाचित


    बिहिबार, साउन ५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । भारतको १५औं राष्ट्रपतिमा द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् ।

    सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् ।
    उनलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार