काठमाडौं। नेपाल भलिवस संघ (एनभिए) को केन्द्रीय निर्वाचन भदौ चौथो साता हुने भएको छ । आज बिहीबार ललितपुरको एक रेस्टुरेन्टमा बसेको एनभीएको पूर्ण बैठकले २२ भदौमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले बताए । विगत दुई वर्षदेखि कार्यकाल समाप्त भए पनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन । वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माले नदोहोरिने घोषणा गरेपछि भलिबल संघले नयाँ नेतृत्व पाउने निश्चित छ ।वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केले संघको पहिलो महिला अध्यक्षको इतिहास कोर्ने लक्ष्यसहित उम्मेदवारी आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।