Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जनार्दन शर्माबारे छानबिन गर्न गठित समितिको म्याद सात दिन थपियो


    बिहिबार, साउन ५ २०७९
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गरिरहेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ ।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा समितिले सात दिन म्याद थप्न गरेको आग्रहलाई सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रसताव पेश गरेकामा सर्वसम्मत स्वीकृत भएको हो । 

    गत असार २२ गते समितिको गठन भएको थियो । उसले छानबिन थालेको समयदेखि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएकामा बिहीबार यसको म्याद सकिँदै थियो ।

    अझै छानबिन नसकिएकाले सात दिन म्याद थप गरिएको हो । 

    बिहीबार बिहानमात्रै संसदीय समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिएको थियो ।

    शर्माले समितिले सोधेका अधिकांश विषयमा आफूले स्पष्ट जवाफ दिएको बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार