Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपाललाई समेटेर ‘समाजवादी केन्द्र’ बनाउन बाबुरामलाई प्रचण्डको प्रस्ताव


    बिहिबार, साउन ५ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट निष्काशित संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकताको प्रस्ताव गरेका छन्। 

    बिहीबार बिहान ललितपुरमा भएको भेटवार्ताको क्रममा प्रचण्डले बाबुरामलाई समाजवादी केन्द्र निर्माण गरेर सहकार्य गर्न प्रस्ताव गरेका हुन्। प्रचण्डले बाबुरामलाई माओवादी केन्द्रमै फर्किन प्रस्ताव गरेपछि बाबुरामले अस्वीकार गरेपछि नयाँ प्रस्ताव अघि सारेको बाबुराम निकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘निर्वाचन नजिकिएको बेलामा गठबन्धन र निर्वाचनको बिषयमा उहाँहरूबीच छलफल भएको हो। छलफलको क्रममा प्रचण्डले समाजवादी केन्द्र निर्माण गर्दा माधव नेपाललाई पनि समेट्न सकिन्छ भन्ने प्रस्ताव राखेका थिए ।

    दुबै नेताहरुबिच आपसी सहकार्यबारे निरन्तर छलफल गर्ने समझदारी समेत बनेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट कारवाही गरेपछि बाबुराम नयाँ यात्राको विकल्पबारे निरन्तर छलफलमा छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार