Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाबहिलको गोदाममा प्रहरीको छापा, बिस्फोटक सामानसहित छविलाल पक्राउ


    बिहिबार, साउन ५ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं–  काठमाडौंको चावहिलस्थित एक गोदाममा प्रहरीको बिशेष टोलीले छापा मारेको छ । 

    उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले आज उक्त गोदाममा छापा मार्दा पटका (बिस्फोटक पदार्थ) सहित भन्सार छलीका बिभिन्न सामग्रीहरु फेलापरेको छ । 

    अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरीको विशेष टोलीले गोदामबाट पटकासहित विभिन्न बिदेशी ब्रान्डका चुरोट, गुट्खा, हुक्का फ्लेबर्स र अक्सिमिटर बरामद गरेको हो ।

    बरामद गरिएका बस्तु करिब १ करोड मुल्य बराबरका रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानाएका छन् ।

    एसपी कोइरालाले भन्सार छलेर ल्याइएको सामान र गोदामका मालिक पर्साको सुखवा प्रसौनी गाउँपालिका १ घर भएर काठमाण्डौं कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको जनाएका छन् ।

    भन्सार छलीका सामानमा पटका समेत रहेकोले छबिलालमाथि विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा मुद्दा चलाइने कोइरालाले बताए । बरामद भएका सामानहरु राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार