Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपाल बन्यो जीजीजीआइको सदस्य, वन मन्त्री यादवको प्रस्ताव संसदबाट अनुमोदित


    बिहिबार, साउन ५ २०७९
    695
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ- नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआइ) को ४४ औँ सदस्य राष्ट्र बनेको छ । 

    बुधबार सङ्घीय संसदबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट  (जीजीजीआइ) को सदस्य बन्ने विषयमा प्रस्तुत गरेको प्रस्वात बहुतमतका साथ अनुमोदन भएसँगै नेपाल जीजीजीआइको सहभागितामूलक सदस्य बनेको हो । 

    मन्त्रिपरिषद्को २०७७ भदौं १ गतेको बैठकले नेपालले जीजीजीआइको सदस्यता प्राप्त गर्नका लागि नेपाल सन्धि ऐन बमोजिम सङ्घीय संसद्मा पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्री यादवले प्रतिनिधिसभाको साधारण बहुमतबाट स्वीकृति प्रदान गर्नका लागि बुधबार प्रस्ताव संसदमा पेश गरेका थिए ।  

    संसदमा मन्त्री यादवले जीजीजीआइको विषयमा उठेका प्रश्नहरुको उत्तर दिँदै यसको समाजिक-आर्थिक वृद्धिको लागि हरित विकासको रणनीति मार्फत जैविक विविधता संरक्षण, जलवायू परिवर्तन अनुकूलन र न्यूनीकरणका कार्यक्रम कार्यान्वयन गर्नका साथै वातावरण र विकास बीच सन्तुलन र दिगो विकासका लक्ष्य प्राप्तिमा टेवा पुग्ने बताए ।

    त्यसका साथै न्यून हरितग्यास उत्सर्जनका बाबजुद जलवायु परिवर्तनबाट अति जोखिममा परेको राष्ट्रका सन्दर्भमा नेपाल सरकारले अङ्गिकार गरेका दिगो विकास, वातावरण संरक्षण, गरिवी न्यूनीकरण र समृद्ध नेपाल-सुखी नेपालीको अवधारणालाई मूर्त रुप दिनका लागि विश्वमा छरिएर रहेका जलवायु लगायतका अन्तराष्ट्रिय वित्त, आधुनिक प्रविधि र असल अभ्यासहरुलाई नेपालमा ल्याउनका लागि जीजीजीआइलाई प्रयोग गर्न सकिने मन्त्री यादवले जानकारी दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार