काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारीदेखि केन्द्रीय समितिको बैठक सरकारी निवास बालुवाटारमा डाक्ने क्रम बढेपछि कांग्रेसभित्र चर्को बिरोधको स्वर गुन्जियो ।
विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारी निवासमा बैठक बोलाउने, भोजभतेर गरी दुरुपयोग गरेको भनेर कांग्रेसले बिरोध गरेको थियो । तर देउवा प्रधानमन्त्री भएपछि पनि सरकारी निवास दुरुपयोग गरी पार्टीका बैठक र भेला बोलाउन थालेपछि पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बिरोध गरेपछि हालैको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा राखिएको थियो ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठक सानेपामा राखिए पनि सभापति देउवाले गुटका बैठक बालुवाटारमा राख्दैआएका छन् । साउन ६ र ७ गते हेटौंडामा हुने नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशनका उम्मेदवार टुंगो लगाउनका लागि पनि बालुवाटारमै बैठक राखिएको थियो ।
आइतबार बालुवाटारमा बसेको संस्थापन पक्षका उपसभापति पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतसहितको गुटको बैठकमा देउवाले प्रेस युनियनको अध्यक्षमा सरकारी जागिरे पत्रकार अनिता बिन्दुको नाम लिएका थिए । जबकि आइतबारसम्म ८ बर्षदेखि युनियनको सभापति रहेका बद्री सिग्देल नै अध्यक्ष नै दोहोरिने चाहनामा थिए । आफू नभए सरोज अधिकारीलाई अध्यक्ष बनाउने चाहना उनको थियो ।
प्रधानमन्त्री देउवापत्नी आरजु राणाले अनिता बिन्दुलाई अध्यक्ष बनाउने चाहना राखेपछि एकाएक सिग्देल पछि हट्न बाध्य भएका थिए । कांग्रेसको संस्थापन इतर पक्ष प्रेस युनियनको नेतृत्वमा चुनाव नगराई सहमति गराउने पक्षमा रहेको थियो । त्यही भएर संस्थापन इतर पक्षले बिहीबार बिहानसम्म उम्मेदवार नै तोकेको छैन । तर संस्थापन पक्षको बालुवाटारमा बसेको गुटको बैठकले अनितालाई उम्मेदवार बनाएपछि इतर पक्षले संभवतः बिहीबार दिउँसोसम्म शिव लम्सालको नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेको छ ।
पार्टीका नेताहरुसँग छलफल गरी सहमति गर्नका लागि पहल गरिरहेको बेला बालुवाटारबाट अनिताको उम्मेदवारी घोषणापछि संस्थापन इतरपक्ष झस्किएको छ । बालुवाटारले नै सहमतिको वातावरण बिगारेको उनीहरुको आरोप छ । प्रधानमन्त्री पत्नी आरजुको दबाबमा बालुवाटारबाट सरकारी पत्रकार अनितालाई अध्यक्षमा उम्मेदवार बनाइएकोमा संस्थापन इतर पक्ष आक्रोसित छ ।
प्रेस युनियनमा अनितालाई उम्मेदवार बनाएर आरजुले कांग्रेसमा महिलाहरुलाई स्पेस दिन खोजेको सन्देश दिन खोजेकी छन् । काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने डिजाइन पनि आरजुकै रहेको र अब प्रतिनिधिसभाको चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउनका लागि वातावरण तयार गरेको अर्थमा लिइएको छ ।
पार्टीको महाधिवेशनपछि पहिलो पटक कांग्रेस निकट शुभेच्छुक संस्थाको महाधिवेशनबाट नेतृत्व चयन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अब ४ महिनापछि हुन लागिरहेको बेला प्रेस युनियनको महाधिवेशन गर्नु जरुरी थिएन, तर आरजुकै चाहनामा महाधिवेशन गरी अनितालाई अध्यक्ष बनाउने र यसैगरी महिलाहरुलाई अगाडि बढाउन खोजेको देखाएर आगामी संसदको चुनावपछि प्रधानमन्त्री बन्ने उनको चाहनाले काम गरेको अर्थमा पनि लिन थालिएको छ ।
प्रथम महिला आरजु राणाको पार्टीमा पकड बढाउँदै जाने नीति अन्तर्गत नै सुरुवात प्रेस युनियनबाट गर्न लागिएको संकेत संस्थापन इतरले बुझिसकेको छ । उनले पार्टीको महाधिवेशनपछि हुन लागेको युनियनको चुनावमा अनितालाई जिताउन आइएनजीओ, ठेकेदार र सरकारी स्रोत साधनको भरपूर दुरुपयोग गरेको संस्थापन इतर पक्षको आरोप छ । बालुवाटारले अनितालाई जिताउन सत्ताको नांगो दुरुपयोग गरेको भन्दै युनियनमा आबद्ध क्रियाशील पत्रकारहरु रुष्ट भएका छन् ।
आइतबारसम्म आफैं अध्यक्ष हुने चाहना राखेका अध्यक्ष सिग्देल आरजुकै सिग्नलपछि पछि हटेका छन् । सरोज र अनिताबीच सहमति नभएपछि आफैं अघि बढ्ने चाहना उनको रहेको थियो । त्यही रणनीति अन्तर्गत सिग्देल र अधिकारीले १० जना पत्रकार पनि कार्यरत नरहेको हिमालय टाइम्समा २० जना पार्षद बनाएको आरोप संस्थापन इतर पक्षले लगाउँदैआएको छ । अन्यत्र पनि धेरै फर्जी पार्षद धेरै बनाइएको भन्दै संस्थापन इतर पक्षका शिब लम्सालहरुले हेटौडामा हिसाबकिताव खोज्दैछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend