काठमाडौं– पछिल्लो समय कोरोना संक्रमणको दर घटेपनि अहिले फेरी संक्रमण दर बढ्दै गएको देखिएको छ ।
बितेको २४ घन्टामा नेपालमा परीक्षण गरिएका ३ हजार ९ सय ८१ नमुनामध्ये ३ सय ९१ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ५ सय ६२ नमुनाको पीसीआर र १ हजार ४ सय १९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट ३ सय ४० र एन्टिजेनबाट ५१ जना गरी कुल ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । यो संखया परिक्षण गरिएकाको करिश १० प्रतिशत भन्दा बढि हो ।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु भएको छैन भने बुधबार मात्रै ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हाल कोरोनाका संक्रमितको संख्या २ हजार २ सय ७६ रहेको छ ।