Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालको आरोप–‘गठबन्धन इमान्दार भएन, आफूहरुलाई साइजमा ल्याउन खोजियो’


    बुधबार, साउन ४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय निकाय निर्वाचनमा गठबन्धनका दलहरुले ईमान्दारिता नदेखाएको आरोप लगाएका छन् ।

    अरुको भर पर्दा आफ्नो पार्टी कमजोर भएको बताउंदै अध्यक्ष नेपालले गठबन्धनको भरोसा नभएको बयान दिएका छन् ।

    पार्टीबाट निर्वाचितका जनप्रतिनिधिका लागि आज काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भरमा चुनाव लड्नु भरोसामय नभएको बताए ।

    उनले पहिलो पटक नेकपा (एकीकृत समाजवादी) स्थानीय तहको निर्वाचनमा होमिए पनि उत्साहपूर्ण उपलब्धी प्राप्त नभएको जिकिर गरे । थोरै क्षेत्रमा उम्मेदवार उठाउँदा पनि कम मत प्राप्त भएको उनको ठहर थियो । 

    गत स्थानिय निकाय निर्वाचनमा नेकपा (एस)ले  ९ लाख २७ हजार भोट पाएको बताउंदै आफुहरुले २५ लाख भोट पाउने अनुमान गरेको अध्यक्ष नेपालले बताए । 

    गठबन्धनभित्रका दलहरुले आफुहरुको भोट लिएको तर आफ्ना उम्मेदवारहरुलाई भोट नदिएरको नेपालले आरोप समेत लगाएका छन् ।

    ‘गठबन्धनको धेरै भरोसा छैन । गठबन्धनको भर परेपछि अरुको सहारामा बाँच्नुपर्दो रहेछ’, अध्यक्ष नेपालले भने– ‘अब आफ्नै शक्तिमा भरोसा गर्नेर आफ्नै तागतमा जित्छु भन्ने अठोटका सांथ हिड्नुपर्ने हुन्छ ।’

    अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले धेरै ठाउंहरुमा जित्न सक्ने दावी समेत गरे । 

    ‘कतिपयले धोका दिए, सहमति कायम भएन’, उनले भने– ‘पार्टीभित्रै पनि अन्तर्घात भयो, कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार