Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चित्रलेखा यादव भईन काँग्रेस संसदीय दलको प्रमुख सचेतक


    बुधबार, साउन ४ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाण्डौं- नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।

    यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार