Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेश– गठबन्धन सरकारभित्र खटपट, सभामुखले बोलाए सर्वदलिय बैठक


    बुधबार, साउन ४ २०७९
    515
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं– कर्णाली प्रदेश सरकारभित्रका दलहरुबिच आपसि मतभेदका उत्पन्न भएपछी त्यहांको राजनितिमा खटपट शुरु भएको छ ।
    मुख्यमन्त्री जिवनबहादुर शाहीले गठबन्धनभित्रका अन्य दलका नेताहरुलाई भाउ नदिएपछी मतभेद शुरु भएको हो ।
    माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका सांसदहरुले प्रदेशसभा बैठक नै बहिस्कार गरेपछी गठबन्धनभित्रको किचलो सतहीमा आएको हो ।
    मुख्यमन्त्री शाहिको सरकारले अघिल्लो सरकारले शुरु गरेका योजनाहरु निरन्तरता नदिएको आफुहरुले मागेका योजनाहरुमा कटौती गरेको तथा सदन र सरकारमा पार्र्टीलाई बेवास्ता गरेको आरोप लगाउंदै सांसदहरुले सभा बहिस्कार गरेका हुन् ।
    माओवादी सांसद गोपाल शर्माले संसदभित्र माओवादी प्रमुख सत्ता साझेदार दल हो भन्ने खालको अनुभूति नभएको बताउंदै वर्तमानको सरकार नसच्चिए गठबन्धनको औचित्य समाप्त हुने बताए । 
    विगतमा प्रदेश सरकाकर माओवादीको नेतृत्वमा रहँदा आफुहरुले समीश्रणका आधारमा सत्ता सञ्चालन गरेको बताउंदै सांसद शर्माले उपयुक्त छलफल र निष्कर्ष नआउन्जेल संसद र संसदीय समितिमा आफ्नो दल उपस्थित नहुने समेत बताएका छन् ।
    यसैबिच सत्ता गठबन्धनकै सांसदहरुले बैठक बहिस्कार गरेपछी छलफल गर्न सभामुख राजबहादुर शाहीले सर्वदलिय बैठक डाकेका छन् । आज दिउंसो एकबजेको लागि सर्वदलिय बैठक बोलाईएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार