Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन दिन सकिने


    बुधबार, साउन ४ २०७९
    575
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।
    सर्वसाधारणका लागि निष्काशनमा ल्याएको उक्त शेयरमध्ये ५ प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ७० हजार २५ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले गत महिना आयोजना प्रभावित क्षेत्रका  स्थानियलाई १५ करोड ९३ लाख रुपैयाँ बराबरको १५ लाख ९३ हजार कित्ता शेयर बाँडफाँट  गरेको छ । र सर्वसाधारणलाई २३ करोड ८९ लाख ५० हजार रुपैयाँ गरी ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा  क्यापिटल लिमिटेड रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार